काठमाडौं – नेपाली कांग्रेसका नेताहरुलाई खुलामञ्चमा झुण्डाउनु पर्छ भनेर भाषण गरे पछि पार्टीवाट कारवाहीमा परेर राष्ट्रिय स्वतनत्र पार्टी प्रवेश गरेका प्रणय शमशेर राणा करिव चार वर्ष पछि पुनः कांग्रेसमै फर्किएका छन । कांग्रेसका सभापति गगन थापाले विहिवार आयोजित प्रतिज्ञा पत्र माथीको प्रश्नोत्तर कार्यक्रममा राणालाई पार्टीमा स्वागत गरेको समाचार सुने पछि काठमाडौं क्षेत्र नं. ५ का कांग्रेस कार्यकर्ता छक्क परे । पटक पटक पार्टी र नेतृत्व विरुद्ध गतिविधि गरे पछि उनलाई कांग्रेसले कारवाही गरेको थियो । तर अहिले एकै पटक क्षेत्रका नेता कार्यकर्ताले प्रणय कांग्रेस प्रवेश गरेको खबर सुनेका थिए ।
अघिल्लो आम निर्वाचनमा काठमाडौ क्षेत्र नं. ५ वाट उम्मेवार बनेका राणा चरम महत्वकांक्षी र अवसवादी व्यक्ति हुन । अपाङ्गता नभएका राणा कांग्रेसको सदस्यता लिए लगतै उक्त कोटाबाट महाधिवेशन प्रतिनिधि बनेका थिए । त्यस लगतै कांग्रेसमा सांसदको टिकट दावी गरेका राणा रास्वपावाट उम्मेदवार बन्न सफल भएका थिए ।
यस पटकको निर्वाचनमा रास्वपाबाट टिकटका आकांक्षि राणा टिकट नपाए पछि उक्त पार्टीलाई सत्तोसराप गर्दै अलग भएका थिए । काठमाडौं – ५ मा रास्वपा बरिष्ठ नेता बालेन्द्र साह निकट सस्मित पोखरेल उम्मेवार छन ।
काठमाडौं क्षेत्र नं . ५ का नेता तथा कार्यकर्ताले पार्टीको तल्ला समितिको राय नलिई कारवाहीमा परेर अर्को पार्टी प्रवेश गरेका अवसरवादीलाई पार्टीमा भित्राउँदा राम्रो सन्देश नगएको बताएका छन । राणाको पार्टी प्रवेशले निर्वाचनमा फाइदा भन्दा बेफाइदा वढी हुने बताए । यस्ता घटनाले पार्टीमा योगदान दिएका इमानदार कार्यकर्ता ओझेल पर्ने र अवसरका लागी सबैतिर चाहार्दै हिडनेहरु प्रोत्साहित हुने उनीहरुको भनाई छ ।
बिहिवारै नेकपाका केन्द्रीय सदस्य एवं काठमाडौं महानगर पालिका वार्ड नं.३ का वडा अध्यक्ष दिपक केसी कांग्रेस प्रवेश गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
