Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सबुज बानियाँ : सधैंको सारथीले बल्ल पाए न्याय


  • बिहिबार, माघ ८ २०८२

  • सबुज बानियाँ : सधैंको सारथीले बल्ल पाए न्याय

    काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँका सभापति एवं काठमाडौँ क्षेत्र नम्बर ६ का कांग्रेस उमेदवार सबुज कृष्ण बानियाँलाई यस पटकको चुनाव फरक अनुभूति भएको छ। बिगतका चुनावहरूमा सधैँ अरू उमेदवारहरूलाई जिताउने अभिभार बोकेर सारथीको काम गरेका बानियाँ यसपटक भने आफैँ चुनावी मैदानमा छन्। वर्षौँ सम्म राजनीतिक कार्यकर्ताका रूपमा क्रियाशील रहेर काम गरेका उनी प्रतिनिधि सभा सदस्यका लागी पहिलो पटक जनताको घरदैलोमा मत माग्न जाँदै छन ।
    दुई – दुई पटक संधिय राजधानी काठमाडौको जिल्ला सभापतिका रूपमा नेतृत्व गर्दा समेत पार्टीले उनलाई उम्मेदवार बनाउँने आवश्यकता ठानेन् । गुट उपगुटको भागवण्डामा बानियाँ सधै छुटे । विशेषत: काठमाडौँका रैथाने राजनीतिककर्मीहरू अवसरबाट बञ्चित हुने गरेका छन्। बानियाँ त्यहि नियतिको शिकार बन्दै आए । तर पनि उनले कसै प्रति गुनासो गरेनन । पार्टी निर्णय स्वीकार गरेर सारथी बने ।
    दुई पटकको संविधान सभाको निर्वाचनमा भीमसेनदास प्रधान उम्मेदवार बने, त्यसपछि दुई पटककै प्रतिनिधि सभाको निर्वाचनमा पनि भीमसेनदास नै उम्मेदवार रहे। टिकटको आशा गरेका बानियाँ भीमसेनदासको सारथीमै सीमित भए तर पनि उनी विचलित भएनन्, पार्टीको निर्णयलाई शिरोधार्य गरे र निरन्तर पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन सक्रियशील रहे।
    यस पटक कांग्रेसले वानियाँलाई न्याय गरेको छ । वानियाँले टिकट पाएसँगै त्यस भेगका स्थानीयहरु पहिलो पटक रैथाने नेताले न्याय पाएको भन्दै चुनावी अभियानमा सक्रिय बनेका छन्। अब बानियाँको सारथी बन्ने पालो भीमसेनदास प्रधानको भएको छ । प्रधान कांग्रेसको समानुपातिक सुचिमा छन ।
    आफुले समाजका लागी अहिलेसम्म गर्दै आएका काम, भोली दिन सक्ने योगदान र पार्टीले बनाएको पहिचान नै आफ्नो जितको मुख्य आधार भएको बानियाँ बताउँछन् । विगतको कम्जोरीलाई सच्चाएर अझ स्पष्ट र परिष्कृत ढंगवाट आफु अघि बढ्ने उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij