Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस विवादमा नाटकिय मोड, ‘अन्तरिम’ सभापतिको खोजी !


  • सोमबार, पुष २८ २०८२

  • कांग्रेस विवादमा नाटकिय मोड, ‘अन्तरिम’ सभापतिको खोजी !

    काठमाडौं – विभाजनको डिलमा पुगेको नेपाली कांग्रेसमा नाटकिय परिवर्तन देखिएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाए पछि विभाजनको डिलमा पुगेको कांग्रेस जोगिने सम्भावन बढेको नेताहरुले बताएका छन । निति र नेतृत्व बदल्ने गरी विशेष महाधिवेशन अघि बढे पछि संथापन पक्ष लचक देखिएको हो । सभापति शेरबहादुर देउवा र कार्यवहाक सभापति पूर्णवहादुर खड्काले थापा र शर्मासंग सम्वाद गर्ने भएका छन ।

    यता विशेष महाधिवेशन पक्षधरले पनि महाधिवेशन मंगलवार सम्मका लागी लम्बाएका छन । प्रतिवेदन माथी फलफलका नाममा सहमतिका लागी महाधिवेशन लम्बाईएको नेताहरूको दावी छ । नेता शेखर कोइराला पक्षका नेताहरू वैसाखको महाधिवेशन सम्म अन्तरिम सभापति बनाएर चुनाव पछि महाधिवेशनमा जानु पर्नेमा जोड दिइरहेका छन ।

    त्यसमा दुवै पक्ष सकारात्मक हुँदै गएको दावी गरिएको छ । त्यसका लागी सम्भावित पात्र कोइराला नै हुन सक्ने बताइन्छ । सहमति जुटेमा विशेष महाधिवेशनको समापनमा कार्यवहाक सभापति पूर्ण बहादुर खड्‌का सहभागी हुने तयारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij