काठमाडौ – आजवाट नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना हुँदै छ । नियमित महाधिवेशन र विशेष गरी दुई खेमामा विभाजित कांग्रेस अन्ततः फुटको संघारमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वको गरेको विशेष महाधिवेशनलाई संस्थापन पक्षले अवैधानिक भनेको छ । नियमित महाधिवेशन प्रारम्भ भईसकेको र केन्द्रीय समितिले वाहेक अरुले विशेष महाधिवेशन बोलाउँन नसक्ने संस्थापनको तर्क छ भने विशेष महाधिवेशन पक्षधरले विधानको अनिवार्य ब्यवस्था पालना गरेको दावी गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
