काठमाडौं – नेपाली कांग्रेसको काठमाडौंको १० मध्य ७ क्षेत्रका क्षेत्रिय सभापति नियमित महाधिवेशनको पक्षमा उभिएका छन । उनीहरुले विशेष महाधिवेशनले पार्टी फुट्न सक्ने भन्दै नियमित महाधिवेशनमै आफुहरु उभिएको बताए । कांग्रेसको काठमाडौं महानगर सभापति समेत नियमित महाधिवेशनको पक्षमा छन ।
नियमित महाधिवेशनको पक्षमा उभिनेहरुमा काठमाडौँ २ का क्षेत्रीय सभापति कवीर शर्मा, काठमाडौँ ५ का श्यामबहादुर खड्का, काठमाडौँ ६ का श्यामकृष्ण खड्गी, काठमाडौँ ७ का नविन मानन्धर रहेका छन्।
त्यस्तै काठमाडौँ ८ का राजेश श्रेष्ठ, काठमाडौँ ९ का जयकृष्ण महर्जन काठमाडौँ क्षेत्र नम्बर १० का पुकार महर्जन र महानगरका सभापति निलकाजी शाक्य पनि नियमति महाधिवेशनको पक्षमा उभिएका हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
