काठमाडौं – चुनावी सरकारका मन्त्री कूलमान घिसिङ लाई मन्त्री पद वाट राजिनामा गर्न दवाव बढ्दै गएको छ । उज्यालो नेपाल पार्टीको संरक्षण हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका घिसिङ्ले आगामी निर्वाचनमा नयाँ दललाई मत मागेको भिडियो सार्वजनिक भए पछि उनलाई मन्त्री पद छाड्न दबाव बढेको हो ।
वरिष्ठ पत्रकार एवं नागरिक अगुवा नारायण वाग्ले लेख्छन् -मन्त्री कुलमान घिसिङले चुनाव प्रचार गरेको, ‘नयॅा शक्ति’लाई मत मागेको भिडियो आइसक्यो। गैरदलीय चुनावी सरकारबाट हट्नुपर्छ भन्ने उनलाई थाहा नभएकै होला त?
वाग्लेले यस्तो लेखेकै वेला सरकारका प्रवक्ता जगदिश खरेलले घिसिङ पार्टीमा आवद्ध भएको जानकारी नभएको बताए । जानकारी भए पदबाट हटन सक्ने संकेत पनि खरेलले गरे ।
विद्युत प्राधिकरणको प्रमुख भए देखि नै आदर्शका कुरा गर्दै आएका घिसिङ राजनितिक पार्टीमा आवद्ध भए पछि पनि गैरदलिय चुनावी सरकारबाट नहट्नुले उनको व्यवहारमा दोहोरोपना रहेको प्रष्ट देखाउँछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
