Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महाधिवेशन गर्ने जिम्मा पाएका महामन्त्री नै धम्की र घुर्की लगाउँदै हिडेपछि . . .


  • सोमबार, पुष ७ २०८२

  • महाधिवेशन गर्ने जिम्मा पाएका महामन्त्री नै धम्की र घुर्की लगाउँदै हिडेपछि . . .

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफै महाधिबेशन गर्ने जिम्बेवारीमा भइकन पनि पार्टीमा धम्की र घुर्कीको भाषा बोलिरहेका छन । सोमवार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा थापाले महाधिवेशन नभई कांग्रेस चुनावमा नजाने भन्दै घुर्की लगाए । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भए पनि गरिछाड्ने उनले बताए । उनले घुर्की कसलाई लगाएका हुन भनेर सहभागी कार्यकर्ता नै अलमलमा परेका थिए । आफै महामन्त्री छन, क्रियाशिल सदस्यता टुङ्गाउँने समितिमा पनि उनी नै छन, पार्टीले महाधिवेशनको मिति घोषणा गरिसक्यो, तर पनि थापाको धम्की र घुर्कीको भाषा फेरिएको छैन ।
    धुम्बाराहीमा आयोजित कार्यक्रममा सहभागी कार्याकर्ताको जिज्ञासा थियो – ‘ जेनजी आन्दोलन पछि सभापतिले उपसभापतिलाई कार्यवहाक दिएर वसेका छन, उनकै माग अनुसार महाधिवेशन मिति घोषणा भएको छ, यति हुँदा पनि उनी धम्की दिन र घुर्की लगाउँन छाड्दैनन् ‘ ।
    जेनजी आन्दोलनका नाममा बनेको असम्वैधानिक सरकार र संसद विघटन विरुद्ध न्यायीक परिक्षण प्रति पनि थापा असन्तुष्ट छन । जव की सम्बैधानिक व्यवस्था विरुद्ध संसद विधान हुँदा अदालत जाने प्रचलन र अभ्यास स्वभाविक छ ।
    थापा काठमाडौं – ४ मा अलोकप्रिय भएको चर्चा चलिरहेको वेला पार्टी सभापति बनेरै निर्वाचन क्षेत्र फर्किने सन्देश दिने उनको प्रयास थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij