Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले महाधिवेशन : जोखिममा ओली


  • सोमबार, मंसिर २९ २०८२

  • एमाले महाधिवेशन : जोखिममा ओली

    काठमाडौं – नेकपा एमालेको महाधिवेशनमा संस्थापन पक्षले आफ्नै समूह भित्र सन्तुलन र सहमति बनाउँन नसक्दा अध्यक्षक उम्मेदवार केपी शर्मा ओली जोखिममा परेका छन । समूह निर्माण गर्दा छुटेका कतिष्य नेताहरू अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलको पक्षमा लागेका छन भने कति आफ्नै स्वतन्त्र हैसियत्‌मा उम्मेदवार बनेका छन । ओलीका विश्वासिला मानिएका प्रदिप ज्ञवाली उपाध्यक्ष अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छ्न ।
    ओलीले आफ्ना कट्टर सर्मथक र अनुदारबादी शंकर पोखरेल छाड्न नसक्दा ज्ञवाली बिच्किएका छन । यो घटना ओलिका लागी शुभ संकेत होइन । काठमाडौंका एउटा महत्वपूर्ण नेता कृष्णगोपाल श्रेष्ठ पनि टिममा नसमेटिए पछि त्यहाँबाट फुत्किएका छन । रघुजी पन्त, राजेन्द्र गौतम,भिम आचार्य, अग्नि खरेल, लालवावु पण्डितहरु समेत ओली समूहबाट विद्रोह गरेर उम्मेदवार बनेका छन ।
    केन्द्रीय सदस्यहरूको सुचिमा पनि ओली पक्ष व्यवस्थीत बन्न सकेन । ओलीको प्यानलमा अत्यधिक झापाका छन ।
    एमालेलाई नजिकवाट बुझ्नेहरु ओली समूहमा गएको पहिरोले ओली संकटमा परेको विश्लेषण गरेका छन । जेनजी आन्दोलन र त्यसले निम्त्याएको क्षती, विद्या भण्डारीको सदस्यता प्रकरण र पार्टी भिन्न जरा गाढेको एकलौटी कार्यशैली विरुद्ध मतका रुपमा विष्फोट हुने अवस्था बनेको छ ।
    ओली समूहमा पूर्वमाओवादी र एमालेकै अनुदारबादी पात्रहरू मात्रै समेटिएका छन । यीनीहरूले ओलीको ढुङ्गा तार्लान भन्ने कुरामा धेरैको आशंका छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij