काठमाडौं – नेकपा एमालेको महाधिवेशन को बन्द आजवाट सुरु हुँदै छ । अध्यक्ष का उम्मेदवार बन्ने तयारीमा रहेका केपी शर्मा ओली र इश्वर पोखरेल आआफ्नो प्यानल बनाउँने तयारीमा जुटेका छन । ओली प्यानल बनाउँन सकस परेको छ । पोखरेललाई भने केहि सहज देखिएको छ । ओली समूहबाट उपाध्यक्षमा रामवहादुर थापा गुरु बराल र विष्णु पौडेलले नै निस्तरता पाउँने सम्भावना छ भने महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पद्मा अर्याल, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्ट नै दोहोरिने सम्भावना छ।
यता पोखरेल समूहबाट महासचिवमा गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे मध्यवाट एक जना छानिने छन भने अर्कोलाई उपाध्यक्षमा लगिने छ । योगेश भट्टाई उपमहासचिवमा उठ्ने लय भइसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
