काठमाडौ – नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशन घोषणा गरेको छ । लामो विवाद र खिचातानी पछि कांग्रेसले आफ्नो महाधिवेशन तोकेको हो । यद्यपी उक्त महाधिवेशन हुन्छ कि हुदैन भन्ने आशंका ब्याप्त छ । अहिले सम्म महामन्त्री गगन थापाले सभापति पदको उम्मेदवारी रहने बताएका छन । पूर्व उपसभापति विमलेन्द्र निधिले सर्वसम्मत नभए आफ्नो पनि दावी रहने बताउँदै आएका छन भने पूर्व महामन्त्री शसाङ्क कोइरालाले डा . शेखर कोइरालासंग सल्लाह गर्ने बताएका छन ।
महामन्त्री थापाले सभापतिको उम्मेदवारी मात्रै घोषणा गरेका छैनन् आफुलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन पछिको प्रधानमन्त्री समेत घोषणा गरेका छन । संचार माध्यमहरूमा उनले आफुले निर्वाचन पछि मुलुकको नेतृत्व गर्ने बताएका छन भने उनको साइबर सचिवालयले थापालाई भावी प्रधानमन्त्री भन्दै प्रचार अभियान चलाएको छ । मिसन पिएम नामको पेजवाट थापालाई भावी प्रधानमन्त्री भन्दै प्रचार गरिएको छ ।
कांग्रेस नेताहरूका अनुसार कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीका रुपमा आघि सारेको छैन । पार्टीको कुनै पनि तहबाट थापालाई भावी प्रधानमन्त्री भनेर निर्णय नगरे पनि उनले आफुले आफैलाई भावी प्रधानमन्त्री घोषणा गरेको प्रति कांग्रेस वृत्तमा आश्चर्यंको रूपमा हेरिएको छ ।
सामान्यतया कांग्रेसमा चुनाव अघि भावी प्रधानमन्त्री घोषणा गर्ने चलन छैन । एक पटक निर्वाचन अघि गिरिजा प्रसाद कोइरालाले कृष्ण प्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री भनेर घोषणा गरेका थिए । त्यो वाहेक चुनाव जितेर आएका सांसद मध्य संसदिय दलको नेता जो बन्छ त्यहि सरकारको नेतृत्वमा जाने वैधानिक ब्यवस्था छ ।
तर महामन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफुले आफैलाई भाबी प्रधानमन्त्री भनेर घोषणा गर्नु सुहाउँदो नभएको चर्चा कांग्रेस वृत्तमा छ । एक नेताले भने – पार्टीको तर्फबाट भावी प्रधान मन्त्री भन्नु पार्टीको समापतिमा उम्मेदवारी दिन्छु भने जस्तो होइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
