काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाको एउटै रटान छ, निर्वाचन अघि पार्टिको महाधिवेशन । कहिले नियमित महाधिवेशन र कहिले विशेष महाधिवेशन भन्दै आएका थापा पछिल्लो पटक विशेष महाधिवेशनको पक्षमा अढिएका छन । त्यसका लागी उनले महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर समेत बुझाई सकेका छन । जेनजी आन्दोलनले अघिल्लो पुस्ता कामै लाग्दैन भन्ने भाष्य स्थापित गरेकाले त्यसको फाइदा उठाउँने दाउमा थापा देखिन्छन् । सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेको छ । थापाले चुनाव अघि पार्टीको महाधिवेशन माग गर्नुका मुख्य गरी दुई वटा कारण देखिन्छ ।
कारण एक :
जेनजी आन्दोलनले रक्षात्मक बनेको पहिलो पुस्तालाई किनारा लगाउँने यो उपयुक्त समय हो भन्ने उनको बुझाई छ । सभापति माथी भएको आक्रमणले उनको मनोवल गिरेको र अन्य नेताहरुको समेत घरमा आगजनी, तोडफोड र हमला भएको वेला पार्टी नेतृत्वमा सहज ढंगवाट पुग्न सकिन्छ भन्ने विश्लेषणका आधारमा अघि बढेको प्रष्ट बुझ्न सकिन्छ ।
थापा कांग्रेस नेतृत्वको लागी स्वभाविक र सम्भावना वोकेका पात्र भए पनि मुलुक खरानी भएको वेला आफ्नै अग्रज प्रतिको व्यवहार सम्वेदनाहिन देखिएको छ । उनले कांग्रेसको विशिष्टतालाई बुझ्न नसकेको आरोप छ ।
कारण दुई :
थापाले निर्वाचन अघि नै महाधिवेशन रोज्नुमा निर्वाचनमा पराजित हुने भय पनि हो । काठमाडौं क्षेत्र नं . ४ मा पटक पटक चुनाव जितेका थापा अहिले जित्ने अवस्थामा छैनन । अघिल्लो निर्वाचन नै तत्कालीन विप्लप माओवादीले आक्रमण गरेको फण्डा गरेर जितेको आरोप उनी माथी छ ।
संसदिय निर्वाचनमा पराजित भएमा त्यस लगत्तै हुने पार्टी महाधिवेशन आफ्नो पक्षमा नहुने थापाले छर्लङ्ग बुझेका छन । चुनाव अघि नै पार्टी नेतृत्वमा पुग्न सके अनेक विकल्प हुन सक्ने उनले देखेका छन । यदि चुनाव अघि महाधिवेशन भएन भने त्यहि निहुँ बनाएर उनी चुनव नलडी मैदान छाड्न सक्नेछन । उठिहालेको अवस्थामा कांग्रेसबाट अर्को समूहले उनलाई असहयोग गर्ने सम्भावना समेत प्रवल रहन्छ ।
थापा मात्र होइन उनको पक्षका अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि निर्वाचन क्षेत्रको अवस्था राम्रो छैन भने प्रदिप पौडेल त क्षेत्र विहिन कै अवस्थामा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
