Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महेश बस्नेत भन्छन : अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन


  • आइतबार, मंसिर ७ २०८२

  • महेश बस्नेत भन्छन : अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन

    काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले आफुमाथी भएको दुर्व्यवहार को निन्दा गरेका छन । वस्नेतले प्रहरीको सक्रियता प्रति धन्यवाद दिदै अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन नहुने उल्लेख गरेका छन ।

    उनले भनेका छन :

    विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।

    प्रहरीको तत्परताप्रति धन्यवाद।
    हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ।
    अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।

    बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij