Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वप्रकाश शर्माको प्रश्न : एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?


  • बुधबार, मंसिर ३ २०८२

  • विश्वप्रकाश शर्माको प्रश्न : एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले निषेधको राजनिति नगर्न आग्रह गरे का छन । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई वारा जान रोकिएको घटना प्रति टिप्पणी गर्दै शर्माले भने -प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?

    शर्माले भनेका छन :

    एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ l GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं l तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन l त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो l

    त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?

    सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् l अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो l निषेधको राजनीति कसैले नगरौं l

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij