Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्द्र बानियाँको ‘पिकनिक’ मा १४ सांसद अनुपस्थित, संसदिय दल भित्र अल्पमतमा परिसकेको दावी


  • आइतबार, कार्तिक ३० २०८२

  • इन्द्र बानियाँको ‘पिकनिक’ मा १४ सांसद अनुपस्थित, संसदिय दल भित्र अल्पमतमा परिसकेको दावी

    काठमाडौं – बहादुर शिंह लामालाई मुख्यमन्त्रीवाट आफ्नै पार्टीका सहकर्मी र नेताहरुले हटाए पछि गहिरिएको नेपाली कांग्रेस वाग्मतीको विवाद थप पेचिलो बनेको छ । सरकार चलाइरहेका लामालाई पहिला वाग्मती प्रदेशको कांग्रेस संसदिय दलवाट हटाइयो । त्यस पछि मुख्य मन्त्री बाटै विदा गरिएयो । त्यसको अगुवाई गरेका थिए प्रदेश सांसद समेत रहेका वाग्मती प्रदेशका कांग्रेस सभापति इन्द्रवहादुर बानियाँले । उनै बानियाँ अहिले मुख्य मन्त्री छन ।

    कार्यसम्पादनमा प्रश्न उठाएर लामालाई विस्थापित गरेर मुख्य मन्त्री बनेका बानियाँको कार्यक्षमता लामाको भन्दा पनि कमजोर देखिएको छ ।

    मुख्यमन्त्री बानियाँले कात्तिक २९ गते भक्तपुरको नगरकोटमा आवासिय कार्यक्रम आयोजना गरे । पिकनिक शैलीको कार्यक्रममा १३ जिल्ला सभापति सहित कांग्रेसका वाग्मती प्रदेश सांसद र कांग्रेस बागमती प्रदेश समितिलाई निम्त्याईएको थियो । प्रमुख अतिथीका रूपमा बोलाइएको कांग्रेस कार्यवहाक सभापति पूर्णवहादुर खड्‌काले आतित्यता ग्रहण गर्न ठाडै अस्वीकार गरेका थिए ।

    उक्त कार्यक्रममा लामा पक्षका १४ सांसद उपस्थित भएनन् । उनीहरु बानियाँ प्रति असन्तुष्टी जनाउँदा अनुपस्थित भएका हुन ।

    बानियाँ संसदिय दलमा अल्पमतमा !

    लामालाई संसदिय दलको नेताबाट हटाउँदा बानियाँले २२ मत पाएका थिए । लामाले १४ मत मात्रै ल्याए ।

    तर अहिले संसदिय दलमा अंक गणित उल्टिएको दावी गरिएको छ । बानियाँको विपक्षमा २२ भन्दा बढी सांसद रहेको दावी लामा पक्षको छ । बानियाँ संसदिय दलको नेता भएकैले मुख्य मन्त्री भएका हुन । उनलाई दलको नेताबाट हटाएमा मुख्यमन्त्रीवाट पनि हट्ने लामा पक्षको तर्क छ ।

    तर पटक पटक दलको नेता र मुख्य मन्त्री फेर्दा संघियता प्रति नै नकारात्मक धारणा फैलिएकाले अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय नभएको लामा पक्षको दावी छ । लामा पक्षलाई नेताहरूको दस्तक्षेपले पार नलाग्ने हो कि भन्ने समेत डर देखिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij