काठमाडौं – आजवाट प्रतिनिधि सभा विधासनका मुद्दामा सर्बोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुँदैछ । आजवाट संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ। जेनजी आन्दोलनबाट बनेको यो सरकारलाई संविधानको कुनै धाराले चिन्दैन । संविधानले नचिनेको सरकारका प्रधानमन्त्री शुसिला कार्कीको सिफारिसमा संसद विघाटन गरिएको थियो । कार्की संसद सदस्य समेत होइनन भने संविधान अनुसार उनी मानव अधिकार आयोगको अध्यक्ष वाहेक अरु पदमा जान मिल्दैन ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् । यस अघि निर्वाचित प्रधानमन्त्रीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुर्नस्थापित गरिदिएको नजिर छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
