Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीको प्रस्ताव : संसद पुर्नस्थापना, जेनजी सहित सरकार र निर्वाचन


  • मंगलबार, कार्तिक ११ २०८२

  • ओलीको प्रस्ताव : संसद पुर्नस्थापना, जेनजी सहित सरकार र निर्वाचन

    काठमाडौं – जेनजी आन्दोलनबाट अपदस्त प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बुँधे मार्ग चित्र प्रस्तुत गरेका छ्न । उनले प्रस्तुत गरेको मार्गचित्रमा प्रतिनिधि सभाको पुर्नस्थापना, जेनजी सहितको सरकार र तीन महिना भिन्न निर्वाचन प्रस्ताव गरिएको छ ।

    वर्तमान संकटको समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मार्गचित्र

    १. असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना

    २. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था

    ३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट

    ४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन

    ५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव

    ६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij