Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अन्नपूर्ण पोष्टका रिपोर्टरको दावी : रवि बस्ने ठाँउको एसी रातारात हटाइयो


  • सोमबार, साउन २६ २०८२

  • अन्नपूर्ण पोष्टका रिपोर्टरको दावी : रवि बस्ने ठाँउको एसी रातारात हटाइयो

    काठमाडौं – रुपन्देही कारागरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने ऐसी सुविद्यामा बस्ने गरेको समाचार लेख्ने अन्नपूर्ण पोष्ट रुपन्देही सम्बाददाता सलमान खानले रातारात ऐसी हटाइएको दावी गर्दै रिपोर्टरको डायरी प्रकाशित गरेका छन । उनले लामिछाने बस्ने कोठाको छतमा एसिको कम्प्रेसर युनिट राखिएको तस्वीर र हटाए पछिको तस्वीर समेत राखेका छन । उक्त तस्वीरको सत्यता स्वतन्त्र ढंगवाट पुष्ट भने भएको छैन ।

    सम्बाद्‌दाता खानले रिपोटिङका क्रममा आफुले अपनाएका विधिका बारेमा समेत वर्णन गरेका छन । सोमवार राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जानु भन्दा टोली जानु भन्दा अघि नै एसी हटाएको उनले उल्लेख गरेका छन । जेलर कारागार प्रमुख सुरेश भण्डारीले आफुलाई लफडामा नपार्न आग्रह गरेको उनले दावी गरेका छन । अनुगमन पछि इन्सेक रुपन्देहीको अध्यक्ष रिमा बिसीले एसी नदेखेको तर उनी बस्ने कोठामा एउटा प्वाल देखेको भनि बताएको खानले उल्लेख गरेका छन । त्यो प्वाल एसीको नै भएको उनले दावी गरेका छन ।

    तस्वीर साभार अन्नपूर्ण पोष्ट

    र यो पनि !

    कार्टुन

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij