Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसलाई मन्त्री फेर्ने दबाब, मन्त्री बन्ने चर्चामा को- को छन ?


  • आइतबार, साउन १८ २०८२

  • कांग्रेसलाई मन्त्री फेर्ने दबाब, मन्त्री बन्ने चर्चामा को- को छन ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली लामो समय देखि मन्त्रीपरिषद पुर्नगठनको मस्थितिमा छन । सरकारका मन्त्रीहरुको कामबाट सन्तुष्ट हुन नसकेका ओली कांग्रेसले आफ्ना मन्त्रीहरु हटाउँन रुचि नदेखाए पछि अलमलमा परेका छन । आफ्नै पार्टीका केहि मन्त्री हटाउँन नमिल्ने र केहि भर्खर नियुक्त भएकाले पुर्नगठनको खासै औचित्य नदेखिने भएकाले उनले कांग्रेसले पनि केहि मन्त्री परिवर्तन गरोस भन्ने चाहन्छन् ।
    उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पुर्नगठनमा सहयोग गर्न आग्रह पनि गर्दै आएका छन । तर पछिल्लो पटक कांग्रेस पनि मन्त्रीहरु परिवर्तन गर्न सकारात्मक भएको स्रोतले दावी गरेको छ । हटाउँने मन्त्री र थपिने नयाँ अनुहार बारे समेत सामान्य छलफल भएको बताइन्छ ।
    कांग्रेसले परराष्ट्र मन्त्री आरजु राणालाई उपप्रधानमन्त्री सहित सरकारमा कांग्रेसको नेतृत्व दिने बारेमा भित्री छलफल थालेको छ । त्यसो हुँदा सहरी विकास मन्त्री प्रकाशमान शिंह बाहिरिने छन । शिंहको सिफारिसमा राजेन्द्र केसीलाई मन्त्री बनाउँन सकिने बताइएको छ ।
    गृहमन्त्री रमेश लेखकको ठाँउमा विरबहादुर बलायर, स्वास्थ्य मन्त्री प्रदिप पौडेलको ठाँउमा अर्जुन नरशिंह केसी वा प्रतिमा गौतम मन्त्री बन्ने चर्चा छ ।
    यता एमालेबाट एलपी लिम्बु, जुली महतो मन्त्री बन्ने चर्चा छ भने अर्थमन्त्री विष्णु पौडेल र संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ यथावत रहने छन । शिक्षा मन्त्री रघुजी पन्त र सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पनि निरन्तरता पाउँने छन ।
    प्रधानमन्त्री ओली विदेश भ्रमणमा जान लागेकाले उनी फर्किए पछि मात्रै मन्त्रीपरिषद पुर्नगठन हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij