काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने भएका छन । कांग्रेसले आफ्ना मन्त्रीहरु परिवर्तन गर्ने रुचि नदेखाए पछि अव एमाले र लोसपाका केहि मन्त्रीहरु परिवर्तन गर्ने तयारी छ । सरकार बनेको एक वर्ष पछि प्रधानमन्त्रीले मन्त्रीपरिषदमा हेरफेर गर्न लागेका हुन। रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना छ।
कांग्रेसले मन्त्रीहरु फेर्न नमान्दा प्रधानमन्त्रीको स्पिरिट अनुसार पुर्नगठन नहुने भएको हो । विहिवार कांग्रेस संगको छलफल पछि प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुबारे निर्णय लिने तयारी छ । अहिले सम्म सम्भावित मन्त्रीहरुमा छविलाल विश्वकर्मा, सुर्य थापा, एलपी साँवा लिम्बु र लोसपाबाट सर्वेन्द्रनाथ शुक्लको नाम चर्चामा छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
