Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

“कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो” — अध्यक्ष प्रचण्ड


  • शनिबार, साउन १० २०८२

  • “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो” — अध्यक्ष प्रचण्ड

    काठमाडौं, साउन १० —नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र( का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आज काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन्। सम्बोधनको क्रममा उहाँले वर्तमान सत्ता र प्रतिपक्ष दुबैप्रति कडा टिप्पणी गर्नुभयो।

     

    प्रचण्डले विशेषगरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भन्नुभयो, “शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्‍यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए।माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरु अपमानित हुन पदैन थ्यो ।”

     

    उहाँले पछिल्लो पटक आफु नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गर्नुभयो। “सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो,” प्रचण्डको भनाइ थियो।

     

    शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उहाँले संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाउँदै भन्नुभयो, “हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा सडयन्त्र गरिएको छ।”

     

    प्रचण्डले संघीय निजामति सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिक रूपमा जोड्दै “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो,” भन्ने टिप्पणी गर्नुभयो। उहाँले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताउनुभयो ।

     

    राजनीतिक संकटबारे चर्चा गर्दै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताउनुभयो। “एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ,” उहाँले भन्नुभयो। अध्यक्ष ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत उहाँले आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको उहाँको भनाई थियो ।

    प्रचण्डले माओवादी केन्द्र भने अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताउँदै भन्नुभयो, “हामी अहिले आठौं महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा छौं। यही वैचारिक स्पष्टता हाम्रो बल हो।अहिले माओवादी केन्द्र मात्रै यस्तो पार्टी हो जहाँ बैचारिक राजनीतिक नेतृत्वको संकट छैन ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij