Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाग्मतीमा मुख्यमन्त्री परिवर्तनको खेल : चार मन्त्रीको राजिनामा


  • शुक्रबार, साउन ९ २०८२

  • बाग्मतीमा मुख्यमन्त्री परिवर्तनको खेल : चार मन्त्रीको राजिनामा

    काठमाडौं – वाग्मति प्रदेश सरकार वाट ४ जना मन्त्रीले राजिनामा दिएका छन् । उनीहरुले ह्वाट्सएपबाट मुख्यमन्त्री बहादुर शिंह लामालाई राजिनामा पठाएका हुन । राजीनामा दिनेहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

    मुख्यमन्त्री लामालाई हटाएर प्रदेश सभापति समेत रहेका इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउँने योजना अन्तर्गत चार मन्त्रीले राजिनामा दिएका हुन । अब संसदिय दलको नेताबाट मुख्यमन्त्री लामाको राजिनामा माग गर्ने र नदिए अविश्वास प्रस्ताव ल्याउँने तयारी छ । लामा र बानियाँ दुवै संस्थापन पक्षका मानिन्छन् । लामा र बानियाँ पालैपालो मुख्यमन्त्री बन्ने पूर्वसहमति रहेको बताइन्छ । मुख्यमन्त्री लामा संग पार्टी सभापति शेरबहादुर देउवा सन्तुष्ट थिएनन् । अर्थ मन्त्री कुन्दन काफ्ले संग पनि देउवा असन्तुष्ट थिए । देउवा कै ग्रिन सिग्नल बाट राजिनामा आएको हुन सक्ने बताइएको छ ।

    बग्मतीमा मुख्य मन्त्री परिवर्तनको प्रयास भइरहेको वेला उनीहरुको राजीनामा आएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij