Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाग्मति प्रदेशमा सरकार परिर्वतनको प्रयास


  • मंगलबार, असार ३१ २०८२

  • बाग्मति प्रदेशमा सरकार परिर्वतनको प्रयास

    काठमाडौं – बाग्मती प्रदेशमा मुख्य मन्त्री परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान मुख्यमन्त्री बहादुर शिंह लामालाई हटाई नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति समेत रहेका प्रदेश सांसद ईन्द्र बनियाँलाई मुख्य मन्त्री बनाउँन चलखेल सुरु भएको हो ।

    मुख्यमन्त्री लामालाई हटाउँन पहिला उनलाई संसदिय दलको नेताबाट हटाउँनु पर्ने हुन्छ । संसदिय दलमा अविश्वास प्रस्ताव ल्याएर हटाउँने बाटो रोज्नु भन्दा उनलाई राजिनामा गराउँने विकल्पमा प्रयास भइरहेको बताइएको छ ।

    तर लामा भने सहजै राजिनामा गर्ने पक्षमा छैनन । ‘विनाकारण सरकार परिवर्तन गरेर अस्थिरताको सन्देश दिन नहुने पक्षमा मुख्य मन्त्री हुनुहुन्छ’ – उनी निकट स्रोतले भन्यो ।

    तर बानियाँ पक्ष त्यसै छाडने पक्षमा छैन । आर्थिक वर्ष सक्किएसंगै लामाले बानियाँलाई पद हस्तान्तरण गर्ने लिखित सहमति गरेको जिकिर बानियाँ पक्षको छ ।

    लामा र बानियाँ दुवै जना सभापति शेरबहादुर देउवा निकट हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij