
काठमाडौं– नेपाली काग्रेसको १५ औं महाधिवेशन समयमा नै हुने अथवा नहुने निश्चित नभएपनि महाधिवेशनको रन्कोले तल्लो तहका कार्यकर्तालाई समेत छोइसकेको छ । सभापति शेरबहादुर देउवा विधान अनुसार नै पार्टी नेतृत्वबाट विदा लिँदैछन् । त्यसो हुँदा आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिर्वतन हुने निश्चित छ ।
अघिल्लो पटक देउवासंग पराजित डा. शेखर कोइराला सभापति पदका मुख्य दावेदार हुन । तर उनकै समुहबाट गगन थापा पनि सभापति लड्ने तयारीमा छन् । देउवा समुहबाट सभापति लड्ने व्यक्तिको कासै टुंगो लागेको देखिदैन । उक्त समुहमा देउवाका हाराहारीका उम्मेदवार समेत छैनन् ।
कोइराला परिवारको विरासत, अघिल्लो पटकको प्रतिस्पर्धी र वर्तमान कार्यकालमा पार्टी भित्रको आलोचकको रुपमा शेखर स्वभाविक दावेदार हुन । तर देउवा सुमहको उम्मेदवारले दिने चुनौती र आफ्नै समुह भित्रको गगन थापाको चाहाना व्यवस्थापन गरेर अघि बढ्नु शेखरका लागि सहज छैन् ।

आचोलनाको दृष्टिले पार्टी भित्रको प्रतिपक्षी नेताको छवि बनाए पनि कार्यकर्ता संरक्षणका दृष्टिले उनलाई सफल मान्न सकिदैन् । माओवादीसंगको सत्ता साझेदारको बेला चर्को विरोध गरेर एमालेसंगको समिकरण आवश्यक देख्ने कोइराला सरकार बन्ने वित्तिकै विरोधमा उत्रिनु बैचारिक विरोधावासक ो नमुना हो । उपयुक्त र दिगो विकल्प सुझाउनुको साटो अस्थिर अभिव्यक्तिले कोइराला स्वंयको राजनितिक भविष्यलाई हित गर्दैन ।
उनको सबै भन्दा ठुलो कमजोरी भनेको पार्टी संस्थापनसंग उचित हिस्यदारी लिन नसक्नु हो । सरकार र पार्टी दुवैमा कोइरालाले आफु निकटका नेता कार्यकर्तालाई सम्मानजनक भुमिका दिलाउन सकेका छैनन् । पछिल्लो दृष्टान्त हेर्ने हो भने संस्थापन पक्षले इतरपक्षकालाई छानी छानी पार्टीबाट निष्काशन गरेको छ । प्रदेश महामन्त्री, पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति जस्ता आफ्ना पक्षका जिम्मवार नेताहरुलाई साधारण सदस्यबाट समेत निष्काशन गर्दा समेत कोइरालाले गतिलो प्रतिवाद गर्न सकेका छैनन् । यस्तो अवस्थाले समंग्रपार्टीको नेतृत्व कसरी गर्न सकिन्छ भन्ने गम्भिर प्रश्न उत्पन्न भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
