काठमाडौं – गत आम निर्वाचनमा कांग्रेस नेता विश्वप्रकश शर्माले सामाजिक सञ्जालमा एउटा अभिव्यक्ति पोष्ट गरे । उनको अभिव्यक्ति यस्तो थियो – म प्रेम एकातिर र विवाह अर्को तिर गर्दिन । म झापाबाटै चुनाव लड्छु र पार्टीको प्रचार गर्न भने काठमाडौं क्षेत्र नं . ५ मा पनि जान्छु ।
काठमाडौं क्षेत्र नं . ५ का केहि कांग्रेस कार्यकर्ताले निर्वाचन लड्न आमन्त्रण गरे पछि नेता शर्माले आफु झापाबाटै चुनाब लड्ने स्पष्ट पार्दै आफ्नो भनाई सटिक र कलात्मक ढंगबाट प्रस्तुत गरेका थिए । उनी झापा नै गएर चुनाव लडे र जिते पनि ।
काठमाडौं क्षेत्र नं . ५ यस्तो अभागी क्षेत्र हो, जहाँ कांग्रेसको स्थायी नेता नै भएन । एमालेमा मनमोहन अधिकारीको निधन पछि ईश्वर पोखरेलले यस क्षेत्रको नेतृत्व गरिरहेका छन । उनको कहिले हार्ने र कहिले जित्ने सृखला चलिरहेको छ ।

यस क्षेत्रमा कांग्रेसको दुःख उदेक लाग्दो छ । दुई कार्यकाल कांग्रेस नेता नरहरि आचार्यले चुनाव जिते । उनको जितमा कांग्रेस कार्यकर्ताले गर्व गरे पनि, क्षेत्रको विकास र कांग्रेस कार्यकर्ता संरक्षणमा कुनै काम भएन । बास्तवमा नरहरि कार्यकर्ता र जनतामुखी नभएर नेतामुखि थिए । तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोइरालालाई रिझाए पछि सबथोक प्राप्त हुन्छ भन्ने तथ्यलाई उनले गहिरोसंग बुझेका थिए । उनले त्यसै गरे पनि ।
पार्टीले औपचारिक निर्णय नै नगरि संविधान सभा निर्वाचन र गणतन्त्रको पक्षमा वकालत गरेर आफुलाई कांग्रेस भित्रको प्रगतिशिल जस्तो देखाएर स्थापित गरेका आचार्यको त्यो राजनितिक स्टण्ट थियो ।
त्यतिवेला राजनितिक स्टण्ट बारे मानिसहरुलाई खासै जानकारी नभएकाले आचार्यको स्टण्टका बारेमा जनता र मिडियाले बुझेनन् । कांग्रेसको महामन्त्री र सभापतिमा उम्मेदवारी दिनु पनि आचार्यको राजनितिक स्टण्ट नै थियो । अहिले बालेन्द्र साह, रबि लामिछाने र हर्क साङपाङहरुले स्टण्ट गरे पछि मात्रै जनताले राम्रोसंग बुझे ।
नरहरि आचार्यको राजनितिक सक्रियता स्वास्थ्यका कारण बन्द भए पछि क्षेत्र नं . ५ मा आए कांग्रेस नेता डा. प्रकाशशरण महत । नुवाकोटबाट निर्वाचन लड्ने वातावरण नभएको र लगातार समानुपातिकमा बस्न नमिल्ले पार्टीको निर्णयका कारण डा . महत काठमाडौं क्षेत्र नं ५ मा निर्वाचन लड्न आएका हुन ।
उनी क्षेत्र नं . ५ मा आए पछि यस क्षेत्रका नेताहरुले नयाँ ढंगको अवसर पाए । उनले संघ र प्रदेशमा गरी क्षेत्र नं . ५ का आधा दर्जन भन्दा बढी नेता तथा कार्यकतालाई समानुपातिक उम्मेदवार बनाइदिए । यो संख्या देश भरिका क्षेत्रमा भन्दा सबै भन्दा बढी हो । अन्य राजनितिक अवसरमा पनि उनी क्षेत्रका नेता कार्यकर्ता प्रति सम्बेदनशिल देखिए । यस अघि नेता लिन मात्रै आउँथे भने डा. महत दिने गरि आए पनि सफल हुने सकेनन्, अनि आफ्नो बाटो लागे ।
गत आम निर्वाचनमा डा. महत यहाँबाट चुनाव नलड्ने भए पछि अन्तिम समयमा प्रकट भए प्रदिप पौडेल । रामचन्द्र पौडेल र शंकर भण्डारीले तनहुँबाट खेदे पछि उनी बाध्यतावश ल्याइएका हुन । उनी काठमाडौं आउँनुको पनि रोचक कथा छ – रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट चुनाव लड्दै थिए । उनले क्षेत्र नं .२ बाट प्रदिप पौडेललाई टिकट दिलाउँने वचन दिए । आफुलाई चुनाव जिताउँन सक्रिय भूमिका खेल्ने सर्तमा रामचन्द्रले प्रदिपलाई अघि सार्ने निर्णय गरेका थिए । त्यसका लागी जिल्लाका अरु नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई लगाएतलाई पनि रामचन्द्रले सम्झाएका थिए ।

अघिल्लो निर्वाचनमा आफुलाई हराएका नेकपा एकिकृत समाजवादीका किसान श्रेष्ठलाई समेत रामचन्द्रले बारा पठाएका थिए । गठवन्धनका कारण श्रेष्ठलाई बारा पठाउँन सम्भव भएको थियो । यो पटक रामचन्द्र कुनै हालतमा पनि चुनाव हार्ने पक्षमा थिएनन् ।
रामचन्द्रले मनाएका शंकर भण्डारी एक्कासी भड्किए । केहि माओवादीले जित्ने चुनाव छाड्न हुँदैन भने पछि भण्डारीले आफु तनहुँ क्षेत्र नं . २ बाट चुनाव लड्ने र प्रदिपलाई नछाड्ने निर्णयमा पुगे । उनले यहि कुरा रामचन्द्रलाई सुनाए । आफुलाई सहयोग नगरे रामचन्द्रलाई पनि तनहुँ क्षेत्र नं.१ मा जित्न नदिने धम्की पनि भण्डारीले दिए ।
त्यस पछि प्रदिप तनहुँबाट खेदिएका थिए । प्रदिपलाई त्यसै खेद्दा आफुलाई असर पर्न सक्ने तर्फ रामचन्द्र सचेत थिए । त्यहि कारण काठमाडौं क्षेत्र नं . ५ डम्पिङ साईड बऱ्यो ।
रामचन्द्रले नै सभापति शेरबहादुर देउवालाई भनेर प्रदिपलाई काठमाडौं क्षेत्र नं ५ पठाइएका हुन । आफ्नो समूहका महत्वपूर्ण युवा भन्ने भ्रम पालिरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि प्रदिपलाई यहाँ ल्याउन भूमिका खेले । जुन गुनको बदला प्रदिपले सिटौला समूहमै लात हानेर हिंडे ।
क्षेत्रको राजनितिसंग कुनै साइनो नभएका पौडेललाई यस क्षेत्रका कांग्रेसले जिताएर माननिय बनाईदिए । त्यो पनि एमालेका दोस्रो वरियताका नेता इश्वर पोखरेललाई हराएर ।
उनी यतिवेला स्वास्थ्य मन्त्री समेत छन । स्टण्ट गर्न वालेन्द्र साह र रवि लामिछानेलाई समेत पछि पारेका पौडेलले अहिले काठमाडौं क्षेत्र नं . ५ का जनता र कार्यकर्तालाई कुनै वास्ता गर्दैनन् । वास्ता गरिहाले भने पनि पुर्ख्यौली घर तनहुँ भएकालाई मात्रै गर्दछन ।
क्षेत्रका जिम्बेवार पदाधिकारी नै उनी देखि आजित छन । चुनावका बेला अनेक आश्वासन पाएका त्यस क्षेत्रका जनता पौडेलबाट आफुहरु ठगिएको महशुस गरिरहेका छन ।
उनी र उनको सचिवालयसंग क्षेत्रका कार्यकर्ताको कुनै पहुँच छैन । उनको सचिवालय र स्वास्थ्य मन्त्रालय कुनै गिरोहले चलाइरहेको छ । सचिवालयमा क्षेत्रको कुनै एक जना व्यक्ति छैन भने नियुक्ति लगाएतको अवसरका लागी तनहुँको हुन अनिवार्य छ ।

क्षेत्रमा सम्पर्क कार्यालय खोले पनि पौडेल खासै जादैनन । आफु निर्वाचित भएको क्षेत्रमा उनको घर होइन, डेरा समेत छैन । उनी काठमाडौंको क्षेत्र नं . ६ मा घर बनाएर बसोबास गर्छन । अरु त छोडौं, उनी काठमाडौं क्षेत्र नं . ५ का मतदाता समेत होइनन् ।
अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभागहरुमा स्वास्थ सामग्री खरिदमा करोडौं भ्रष्टाचार भइरहेको छ । पहिला आफु अनुकूलका मानिस सरुवा गर्ने, निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी मापदण्ड बनाउँने र सेटिङमा सामान खरिद गर्ने काममा पौडेलकै एउटा गिरोहले योजनावद्ध ढंगवाट काम गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
