Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्दार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह


  • मंगलबार, असार २४ २०८२

  • उद्दार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह

    काठमाडौं -नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतीले हामी सबैलाई दुःखीत र गम्भीर बनाएको छ । ३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ । यो विपत्तिको समयमा उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । ।

    वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत बर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै÷स्मरण गराउँदै नेपाली काँग्रेस एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गर्दछ । नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गरेको छ । ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij