Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जबज : शंकर पोखरेलको संक्षिप्त चर्चा


  • सोमबार, असार २३ २०८२

  • जबज : शंकर पोखरेलको संक्षिप्त चर्चा

    जबजको विकास क्रम
    चौथो राष्ट्रिय महाधिवेशनमा नयाँ जनवादमा बहुदलीयतालाई अंगिकार गर्ने निर्णय । सोही नीति अनुरुप संयुक्त जनआन्दोलनका माध्यमवाट पंचायतको अन्त्य ।
    पाँचौ राष्ट्रिय महाधिवेशनमा नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतवाट स्विकृत । २०५१ सालमा क्रान्तिपूर्व कम्युनिष्ट नेतृत्वको सरकारको अवधारणा सार्थक बन्यो । कमरेड मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन ।
    छैटौं राष्ट्रिय महाधिवेशनमा जबजको आवधारणाका आधारमा क्रान्तिपूर्वको सरकारको समयमा पार्टीले अवलम्वन गर्ने कार्यनीतिका रुपमा शक्ति संचयको कार्यनीति तयार ।
    छैटौ राष्ट्रिय जनताको बहुदलीय जनवाद कार्यक्रममात्र नभएर नेपाली क्रान्तिको नेतृत्वकारी विचारका रुपमा स्थापित ।
    सातौ राष्ट्रिय महाधिवेशनमा जबजको मान्यतामा आधारित अध्यक्षात्मक प्रणालीको प्रस्ताव प्रस्तुत र स्थगन । सोही महाधिवेशनमा सम्विधान सभा र राज्यको पुनसंरचना सम्वन्धि फर्क मतको प्रस्ताव प्रस्तुत र अस्विकृत । तर सातौ केन्द्रीय कमिटीको नवौ वैठकवाट उपरोक्त मान्यता अनुमोदित ।
    आठौ राष्ट्रिय महाधिवेशनमा पार्टी निर्माण सम्वन्धि जबजको अवधारणा पार्टी जीवनको लोकतान्त्रिकरणको मान्यताका रुपमा अनुमोदित र सोही अनुसारको बैधानिक व्यवस्था निर्माण ।
    आठौं राष्ट्रिय महाधिवेशनवाटै जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित ।
    नवौ राष्ट्रिय महाधिवेशनमा जबजको मान्यताको आधारमा वैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलन सफल भएको र २०४७ को संविधान उपरको २७ वुँदे असहमती पुनर्स्थापित प्रतिनिधिसभाको ऐतिहासिक घोषणा मार्फत अनुमोदित ।
    सोही अधिवेशनवाट जनताको बहुदलीय जनवादको सान्दर्भिकता नेपाली राजनीतिमा अपरिहार्य रहेको निष्कर्स ।
    दसौं राष्ट्रिय महाधिवेशनमा जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने नीति अनुरुप समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र संकल्प अनुमोदित ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij