Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अनेरास्ववियुको पदाधिकारी र सदस्यहरूमा को-को भए निर्वाचित ? (सूचीसहित)


  • शुक्रबार, जेष्ठ ३० २०८२

  • अनेरास्ववियुको पदाधिकारी र सदस्यहरूमा को-को भए निर्वाचित ? (सूचीसहित)

    काठमाडौं – नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले पराजित गर्दै डा. कडरिया अध्यक्ष निर्वाचित भएका हुन्। डा. कडरियाले ७३२ मत प्राप्त गरे भने प्रतिस्पर्धी पौडेलले ७२५ मत ल्याए।

    महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित भए। महासचिवमा दीपक धामी निर्वाचित भए। उपमहासचिवमा कमल जोशी निर्वाचित भए। चार सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित भएका छन्।

    अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन गत जेठ २५ गतेदेखि सुरू भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij