काठमाडौं – यतिवेला नेकपा एमालेको झोला अभियान चलिरहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरु भएको यो अभियान तल्लो तह सम्मै पुगेको छ । आलोचना र तर्क वितर्क भइरहेका छन । कतिपयले झोलामा के छ भन्ने प्रश्न समेत गरेका छन । एमालले महासचिव शंकर पोखरेलले एमालेको झोलामा के छ भन्ने कुरा सात बुँधामा प्रष्ट्याएका छन :
नेकपा(एमाले)को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरुका लागिः
१ मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नविन मान्यता
४ असंलग्नता र पंचशिलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रीत सन्तुलित परराष्ट्र नीति
५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता
६ जनतासंगको घनिष्ठ सम्वन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा
७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र
आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरागर्नका लागि नेकपा(एमाले)को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौं । नेकपा(एमाले)का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरुले सिर्जना गरेका सबै प्रकारका भ्रमहरुवाट नेपाली समाजलाई मुक्तगर्ने अभियानमा जुटौं ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
