काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक प्रति कटाक्ष गरेका छन । आफुहरुले निषेधाज्ञा नतोड्दा पनि दमन गरिएको प्रति उनले व्यंग्य गर्दै धन्यवाद दिएका छन । उनले भनेका छन :
धन्यवाद प्रम के पि ओली र गृहमन्त्री रमेश लेखक ज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।
हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ।
दमन र निषेधले बिचार मर्दैन।भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
