Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्रीको बचाउ गर्ने बालुवाटार बैठकको निष्कर्ष


  • आइतबार, जेष्ठ ११ २०८२

  • गृहमन्त्रीको बचाउ गर्ने बालुवाटार बैठकको निष्कर्ष

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको कांग्रेस टोली र प्रधानमन्त्री केपी शर्मा ओली सहितको एमाले टोली विच आइतबार बालुवाटारमा भएको छलफलले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

    बैठकले गृहमन्त्री विरुद्ध अनावश्य रूपमा विषयलाई उचालिएको भन्दै बचाउ गर्ने निर्णय गरेको छ । जेठ १३ गतेको संसद बैठकमा गृह मन्त्रीले आफ्नो भनाई राख्ने निर्णय पनि बैठकले गरेको बताईएको छ ।

    छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू सहभागी थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij