काठमाडौं – गृहमन्त्री रमेश लेखकको चौतर्फी आलोचना भएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयवाट सेटिङमा मानव तस्करीमा संलग्न भएको आरोपमा उनको चर्को आलोचना भइरहेको छ । उनैले सिटिङमा मान्छे तस्करी गर्न अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल कार्यालयमा सरुवा गरेका सहसचिव तिर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नियन्त्रणमा लिए पछि सेटिङमा गृहमन्त्री लेखकको संलग्नता प्रति गम्भिर आशंका उत्पन्न भएको हो ।
उनलाई बर्खास्त गर्न माग सर्वोच्च अदालतमा समेत रिट परेको छ । यतिवेला सेटिङमा काम गर्ने मन्त्रालयका करिव दर्जन कर्मचारीको सरुवा गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
