Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यपहाडी लोकमार्ग अभियान अध्यक्ष प्रचण्डको जनयुद्वकालिन सेल्टर रोल्पामा 


  • बुधबार, जेष्ठ ७ २०८२

  • मध्यपहाडी लोकमार्ग अभियान अध्यक्ष प्रचण्डको जनयुद्वकालिन सेल्टर रोल्पामा 

     

    रोल्पा, जेठ ७ —

    बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ।

     

    रोल्पाको थबाङमा अभियान टोलीको भव्य स्वागत गरिएको छ। स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन्।

     

    थबाङ, जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो। यस्तै, रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो ।

    यहाँ जिल्ला पार्टीले अहिले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले जनसभालाई सम्बोधन गर्नुहुने छ ।

    अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij