काठमाडौं – काठमाडौं महानगर पालिकाका वडा अध्यक्षहरुले मेयर बालेन्द्र साहले गरेको नयाँ कार्य विभाजन अस्वीकार गरेका छन । आफ्नो आलोचना गरेको निहुमा मेयर साहले चार जना वडा अध्यक्षको विभाग खोसेर अन्य वडा अध्यक्षहरुलाई दिएका थिए । विभाग अस्वीकार गर्नेमा ३ जना वडा अध्यक्ष छन ।
सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती रहेका छन्।
विधायन समितिको जिम्मेवारी पाएकी वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठले के गर्छिन भन्ने प्रष्ट भएको छैन । नगर कार्यसमितिबाट अनुमोदन नगरी मेयर साहले जिम्बेवारी तोकाकाले अस्वीकार गरेका एक वडा अध्यक्षले बताए ।
कार्यकारी अधिकृत प्रकरणवाट थप अस्तव्यस्त बनेको काठमाडौं महानगरमा गत पुस देखि कार्यपालिका बैठक बस्न सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
