Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन


  • बिहिबार, जेष्ठ १ २०८२

  • मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

    काठमाडौं पूर्वसंचार मन्त्री एवं प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दा अदालतमा दर्ता भएमा सांसद पदबाट स्वतः निलम्बन हुने कानुनी ब्यवस्था अनुसार बस्नेतको सांसद पद निलम्बनमा परेको हो ।

    संचार मन्त्री हुँदा नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड  फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)  खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा उनी सहित १६ जना विरुद्ध मुद्दा दायर गरेको हो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij