काठमाडौं – कांग्रेस नेता एवं पूर्व संचार मन्त्री मोहन बहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
संचार मन्त्री हुँदा नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा उनी सहित १६ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
