काठमाडौं – जनताकै झुपडीमा खाने,त्यहि बस्ने र उनीहरुसंग रमाउँने घोषणा गरेर हुलाकी राजमार्ग यात्रा सम्पन्न गरेर मध्य पहाडी लोकमार्गको यात्रा घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको अत्यन्त महंगो टेरेश रिसोर्टमा सयर गर्दै गर्दा वाथरूममा चिप्लिएर लडेको घटना सार्वजनिक भएको छ ।
उक्त रिसोर्टमा कोठा कर र सर्भिस शुल्क बाहेक ३४ हजार देखि ८० हजार भन्दा माथी पर्दछ ।
उनी मंगलवार राति लाकुरी भञ्ज्याङको टेरेश रिसोर्टमा लडेका थिए । उनलाई राति नै मेडिसिटि हस्पिटलमा उपचार गरिएको थियो । उनको टाउकोमा तीन टाँका लगाइएको छ । उनी छोरी र ज्वाई सहित उक्त रिसोर्ट पुगेका हुन । छोरी गंगा दाहालले सामाजिक सञ्जालवाट प्रचण्ड लडेको जानकारी दिए पनि स्थान खुलाएको थिइनन ।

उनले लेखेकि छिन :
गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
