काठमाडौं – नेकपा एमालेकी सांसद एवं निर्वतमान शिक्षा मन्त्री विद्या भट्टराई मन्त्री पदबाट राजिनामा दिए लगत्तै सार्वजनिक यातायात प्रयोग गर्न थालेकी छिन । उनी संसद बैठक सकेर डेरा फर्किन सफा ट्याम्पु चढेको केहि तस्वीर अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका छन । उनले लेखेका छन :
प्रतिनिधि सभा २०७९, छैटौं अधिबेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिए पछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानको लागि “Pathao”@ को मोटर साईकिलको पर्खाईमा थिए।निवर्तमान मन्त्री माननीय विद्या भट्टराई ज्यू संसद बैठक पश्चात निवास तिर प्रस्थान गर्ने क्रममा ट्याम्पुमा चढ्दै गरेको देखे र मैले लिएका वहाँका केहि फोटोहरु मन परेकोले पोष्ट गरे है ।
@

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
