काठमाडौं – राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईलाई आज भारतको आसाम राज्यवाट नेपाल ल्याउँने तयारी छ । विहिवार उनले आसाम प्रहरी सामु आत्मसमर्पण गरेका थिए । विहिवार नै संचार माध्यमहरुमा प्रसाई पक्राउ परेको समाचार सार्वजनिक भएको थियो ।
तर नेपाल प्रहरीले विज्ञाप्ती जारी गरेर उनी पक्राउ नपरेको जनाएको थियो । नेपाल र भारत विच व्यक्ति पक्राउ गरेर हस्तान्तरण गर्ने सुपुर्दगी सन्धि नभएकाले भारतमा पक्राउ गरी नेपालहस्तान्तरण गर्ने प्रक्रिया वैधानिक होइन । अहिले सम्म दुवै देशले व्यक्ति पक्राउ गरि अनौपचारिक रूपमा हस्तान्तरण गर्दै आएका छन । त्यस्तो अवस्थामा दुवै देशका प्रहरीले नेपाल भारत सिमामा आआफ्नो कुनै शहर वा जिल्लामा पक्राउ परेको भन्ने गरेका छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
