काठमाडौं – काठमाडौं महानगर पालिकाका कर्मचारीले मेयर बालेन्द्र साह विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रमुख प्रशासकिय अधिकृत लाई पुष्टी हुने आधार बिनै काम गर्न रोक लगाई समस्या सृजना गरेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका हुन । कर्मचारीका संगठनले मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको आरोप लगाएका छन ।
विज्ञप्तिमा स्थानीय तह कर्मचारी यूनियनका अध्यक्ष नरवहादुर साउद,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तम कुमार घले र सफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन् ।
उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
