म लोकतान्त्रिक गणतन्त्रबादी हुँ /अलोकतान्त्रिक गणतन्त्रवादीहरुले निषेधको राजनिती गर्न सक्छन् वा गरेको इतिहाँस छ।तर लोकतान्त्रिक गणतन्त्रवादी शाषक वा नेताहरुले आफ्नै नागरिकलाई सदैब निषेध र प्रतिशोधको व्यवहार गर्दैनन्/
नेपालका तत्कालिन राजा अहिले नेपाली नागरिक भएका छन्। उता पूर्व पञ्चहरुको नेतृत्वमा रोडमा जम्मा हुन आहवान भएको भिडमा निराश गणतन्त्रवादी युवाहरुको भिड थपिने क्रम जारि छ। यो अझै बढ्छ।यो भिड अनियन्त्रित भई यसले अप्रिय अवस्था ल्याउन सक्छ।त्यस पछि उत्पन्न हुने परिस्थिती सम्हाल्न गाह्रो होला।
नेपाली कांग्रेसको बरिष्ठ नेता डा शेखर कोइराला लोकतान्त्रिक गणतन्त्रबादी नेता हुनुहुन्छ/अरु नेताहरुलाई म धेरै सल्लाह दिन सक्दिन तर मलाई भरोषा लागेको नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता डा शेखर कोइरालालाई के सल्लाह दिन चाहन्छु भने पूर्व राजा ज्ञानेन्द्र शाह नागरिक हुन्/पूर्व राजा ज्ञानेन्द्र शाहलाई पूर्व पञ्चेहरुले आफ्नो स्थान खोज्न नराम्रो तरिकाले उपयोग गर्न खोजेको देखियो।
अहिलेको मुख्य प्रश्न पूर्व-पंचहरुको स्थान सुरक्षित गर्नु भन्दा पनि पूर्व राजाको वंशको नेपाल एकिकरण गर्न महत्वपूर्ण स्थान रहेकोले गणतन्त्र र लोकतन्त्र भित्रै पूर्व राजा ज्ञानेन्द्र लाई स्थान दिई नेपालको संवृद्धिमा कसरि जोड्न सकिन्छ भन्दै छलफल गर्न नागरिकलाई निषेधको गर्न नचाहने लोकतान्त्रिक गणतन्त्रवादी नेताहरुले डा शेखर कोइरालाको नेतृत्वमा पूर्व राजा नागरिक ज्ञानेन्द्र शाहलाई भेट गरि पूर्व राजा ज्ञानेन्द्र बास्तबमै के चाहन्छन्?त्यो धारणा बुझन्न भेट गर्नु पर्दछ।
नागरिक ज्ञानेन्द्र शाहसंग छलफल गर्न सक्नु पर्दछ।
प्रारम्भिक यो भेटघाटमा पूर्व राजा ज्ञानेन्द्र शाह लाई पुःन संवैधानिक राजा बनाउने भन्दा पनि यहि लोकतान्त्रिक गणतान्त्रिक शाषन भित्रै ज्ञानेन्द्र शाहलाई कस्तो स्थान दिन सकिन्छ र नेपालको संवृद्धि निर्माणमा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमै बहश छलफल गर्नु पर्दछ।
प्रचण्ड,केपी वली,माधब नेपाल र कृष्ण सिटौलाले बोलेको,गरेको व्यवहार जस्तो घृणाको व्यवहार डा शेखर कोइरालाले पूर्व राजा नागरिक ज्ञानेन्द्र शाहलाई गर्नु हुँदैन।
डा शेखर कोइराला लोकतान्त्रिक गणतन्त्रवादी नेता भएकोले नागरिक प्रति निषेधको राजनिती तोड्दै पूर्व राजा नागरिक ज्ञानेन्द्र शाहलाई कुनै प्रवाह नगरि भेटघाट गरि प्रारम्भिक धारणा बुझ्नु पर्दछ।
लोकतान्त्रिक गणतन्त्रको शाषनमा संसारमा कहिं पनि निषेधकोको राजनिती हुँदैन।निषेधको राजनितीले लोकतान्त्रिक गणतन्त्र लाई बलियो बनाउँदैन।पूर्व राजा ज्ञानेन्द्र शाहसंग भेटघाट गरि धारणा बुझ्ने र छलफल गर्ने आँट डा शेखर कोइरालाले गर्न सक्नु पर्दछ।
प्रचण्ड,केपी वली,माधब नेपाल,कृष्ण सिटौला लगायत निषेधकोको राजनिती गर्न चाहने अलोकतान्त्रिक गणतन्त्रवादी नेताहरुसंग सहमत हुन सकिदैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
