Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ज्ञानेन्द्रको लोकप्रियता कि गणतन्त्रवादीको विफलता ?


  • मंगलबार, चैत्र ५ २०८१

  • ज्ञानेन्द्रको लोकप्रियता कि गणतन्त्रवादीको विफलता ?

    गणतन्त्र भित्रको कुशाषन,बढ्दो भ्रष्टाचार, खस्कदो मानबअधिकारको अवस्था,विग्रदो अन्तराष्ट्रिय संबन्ध र अत्याधिक मुल्यवृद्धिले गर्दा जनता निराश छन्। युवाहरु बेरोजगार छन्। छटपटिमा छन्। निराश,बेरोजगार युवा वा जनता शाषनको विकल्पमा भौंतारिएका छन्। यसै विच पूर्व पञ्च वा राजावादी भनिने पार्टीहरुले राजा आऊ,देश बचाऊ भनिरहेछन्। भिड जम्मा गरिरहेछन्।

     

    केहि समय अघि राजा ज्ञानेन्द्र पोखराबाट काठमाण्डौ आउँदा त्रिभुवन विमानस्थलमा स्वागत गर्न लामबद्ध भिड केहि हद ठूलो देखियो यो भिडले राजा आऊ,देश बचाऊ भन्नेहरु उत्साहित छन्।भिड किन बढ्यो भन्ने विषय दुई विषयले प्राथमिकता पाएको देखिन्छ/

     

    पहिलो बहस:

    राजा ज्ञानेन्द्रको लोक प्रियता बढ्यो भन्ने सुनिन्छ र यो भिड अझै बढ्छ र राजतन्त्र पुःन आउँछ भन्ने आवाज सुनिन्छ।

     

    दोश्रो बहस:

    दोश्रो आवाज चाहिं गणतन्त्रको शाषकिय पक्षले जनतामा डेलिभरि दिएन।जनता,युवा निराश भए। तिनै निराश युवा राजावादीको आहवानमा पूर्व राजालाई स्वागत गर्न गए भन्ने सुनिन्छ/

     

    रोचक कुरा के हो भने पूर्व राजा ज्ञानेन्द्रले विगत हप्ता एउटा वक्तव्य निकाले। त्यो वक्तव्यमा देशको स्थिती नाजुक भयो।यो देश बचाउनु र बनाउनु पऱ्यो।मलाई साथ दिनोस भनिएको छ । पूर्व राजाले दिएको बक्तव्यमा म पुःन राजा हुन चाहन्छु /राजकिय शाषन चलाउन चाहन्छु।मलाई पुःन राजा बनाउन रोडमा आईदिन पऱ्यो भनेको देखिदैन/पूर्व राजा भित्री रूपमा के चाहन्छन् ?राजाकै मुखबाट नबोलि कसैलाई थाहा हुँदैन।

     

    नेपालको वर्तमान संविधान अन्तर्गत अनुसार म आर के त्रिपाठी नागरिकको रूपमा जे छु,पूर्व राजा ज्ञानेन्द्र पनि त्यहि हुन्।तर इतिहाँस ख्याल गर्ने हो भने म हिजो पनि नागरिक थिएँ,आज पनि नागरिक हूं।तर ज्ञानेन्द्र शाह हिजो पूर्व राजा थिए तर आज म जस्तै नागरिक।

     

    उता कमल थापा,राजेन्द्र लिङ्देल,दुर्गा प्रसाईहरुले संवैधानिक राजतन्त्र माग गरिरहेछन् । भिड जम्मा गर्न आहवान गरिरहेछन्।गणतन्त्रको संवैधानिक व्यवस्थाले कानुन नियत्रित माग गर्न छुट दिएको छ।

     

    पूर्वराजा ज्ञानेन्द्र के चाहन्छन् ? भन्ने कुरा पूर्वराजा ज्ञानेन्द्रले नभनि, नबोली कमल थापा, राजेन्द्र लिङ्देल, दुर्गा प्रसाईहरुले बोलेर मात्र भएन। ज्ञानेन्द्र शाहले नै बोल्नु पर्दछ। ज्ञानेन्द्र शाहको केहि समय अघिको वक्तव्य पढ्दा ज्ञानेन्द्र शाह पुन: राजा हुन चाहेको देखिदैन। बक्तव्यमा देश विग्रियो र देश बनाउन म जनता, सरकारसंग मिलेर काम गर्न तयार छु भनेका छन्। वर्तमानमा ज्ञानेन्द्र शाहले नागरिकको रूपमा जे आहवान गरे,पढ्दा त्यो वक्तव्य सकारात्मकै देखिन्छ।

     

    पूर्वपंच वा राजवादीहरुले पूर्व राजाको त्यो बक्तब्य लाई अतिरन्जित गरिरहेछन् /गणतान्त्रिक लोकतन्त्रमा पूर्व राजा नागरिक भएकोले नागरिकको रुपका आफ्नो विचार, बक्तव्य राख्ने छुट सदैब हुन्छ।

     

    पूर्व राजाको बक्तव्य लाई लिएर प्रचण्ड कृष्ण सिटौला,माधब नेपाल,केपी वली जी हरुवाट प्रतिक्रिया जनाईएको शब्द,बाक्य हेर्दा घृणीत देखिन्छ।नागरिक ज्ञानेन्द्र शाह लाई यो हद सम्म गिरेर तल्लो घृणीत शब्द प्रयोग गर्न आवश्यक छैन।

     

    मलाई लाग्दछ कि कमल थापा,नबराज सुवेदी, दुर्गा प्रसाईं र राजेन्द्र लिंड्देलहरुले चाहँदैमा नेपालमा पुःन राजतन्त्र आउँदैन/किनकी अहिले पनि नेपालमा गणतन्त्रबादी नै धेरै जनता छन्। जहाँ सम्म राजवादीको भिड रोडमा बढ्ने नै देखिन्छ, किनकी हाम्रो गणतन्त्रले डेलिभरि दिन सकेको छैन। यो निराश भिड रोडमा थपिंदै गयो र राजावादीहरुले यो भिडलाई देखाउँदै धावा बोल्दै रोडको भिडलाई तोडफोड,आगजनी, ह्रिंसक बनाउन थाले भने चाहीं समस्या बल्जन सक्छ।

     

    तसर्थ नेपालको सरकार वा राजनैतिक पार्टी वा नेताहरु नेपाली नागरिकको घर घरमा पुगेर धारणा बुझे जस्तै पूर्व राजा ज्ञानेन्द्रलाई बोलायर भेट गरि नेपाल बनाउने कार्यमा पूर्व राजा के Space चाहन्छन्?त्यो धारणा बुझ्नु पर्दछ। नागरिक ज्ञानेन्द्र शाहलाई सरकार वा राजनैतिक पार्टी वा नेताहरुले निरोध र घृणाले हेर्दा रोडको भिड बढेर गणतन्त्र लाई नै बढारिदिन सक्छ। त्यता तर्फ सबैको ध्यान जान जरुरी छ।

     

    पूर्वराजा नागरिक ज्ञानेन्द्रलाई सरकार वा राजनैतिक पार्टी वा नेताहरुले भेट गर्नै हुँदैन भन्ने सोच राख्नु अतिवाद हो। यसले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई राम्रो गर्दैन/

     

    यस प्रसंगमा बेलायतको केहि इतिहाँस कोट्‌याउन चाहन्छु। सानो देशको राजा Edward को छोरा Athelstan 924 मा पहिलो इङ्गल्याण्डको राजा बने पछि AtheIstan ले धेरै छोटे राजा मार्दै England को भुभाग बढाए।कहिले कुन राजा लाई धपाउने,काट्ने,मार्ने गर्दै आज त्यहि Athelstan को भाईको परिवारले राज गरिरहेछ/तर बेलायतको संवैधानिक राजतन्त्रको सरकारले Anglo Saxon वंशिय राजाको पाला देखी राजकाज गरेका तर भगाईएर,मारिएर राजतन्त्र गुमाउन परेका हेरेक राज परिवारलाई लोकतान्त्रिक शाषन पद्धतीमा कहिं न कहिं स्थान दिएर पूर्व राजाहरुको भुमीकाको कदर गर्दै सहभागी गराएको छ।यसले बेलायतको लोकतान्त्रिक सरकारलाई सहयोगै गरेको छ।बेलायतको प्रभाव संसार भर कायमै राख्न मद्दत गरेकै छ/

     

    पूर्व राजा ज्ञानेन्द्र शाहको मनको कुरै नबुझी, बार्तामा नै नबसि पूर्व राजा ज्ञानेन्द्रको केहि समय अघिको मिलेर देश बनाऔं र म पनि देश बनाउने कार्यमा जोडिन चाहन्छु,सहयोग गर्नुस भन्दा पूर्व राजालाई कृष्ण सिटौला,प्रचण्ड,केपी वली,माधब नेपाल लगायतले यति धेरै घृणाले हेर्नु भनेको अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्नु हो।

     

    गणतन्त्र भित्रका शाषकिय असफलताले चारैतिर आयोजना हुने भिडमा जम्मा हुन भौंतारिएका बेरोजगार युवाहरुलाई हुज्जत बाट रोक्न र कमल थापा,नवराज सुवेदी दुर्गा प्रसाईंको राजा आऊ देश बचाउ नामको बेलुने आन्दोलनलाई रोक्न संबन्धित पक्षले आज देखि पूर्व राजासंग भेटघाट छलफल गरि राजाको विचार बुझौं/

     

    पहिलो प्रयाश गणतन्त्र भित्रै पूर्व राजा लाई ससम्मान स्थान दिऔं।निशेधको चरित्रले हामी कहिं पुग्दैनौं।नत्र निराश,बेरोजगार युवाको भिड कमल थापा,नवराज सुबेदी,दुर्गा प्रसाई तिर लाग्दा त्यो भिडले गणतन्त्रलाई बढारीदेला।

     

    उता पूर्व राजा ज्ञानेन्द्र पनि उनै पंचेलाई बोकेर हिड्न छोड्नु पर्दछ।पुरानो उनै पंचे बोकेर हिड्दा पूर्व राजा प्रति सहनुभुती खस्केको छ। पूर्व राजा पनि अब नागरिक भएर राम्रो गर्ने, आफ्नो लोकप्रियता बढाउनु पर्दछ।

     

    शाषन चलाउनेको चरित्र सोच नसुध्रिय सम्म राजा आए पनि देश बन्दैन।राजा गए पनि देश बन्दैन। गणतन्त्र आए पनि देश बन्दैन।गणतन्त्र गए पनि देश बन्दैनl

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij