काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा सबैदलले आ- आफ्नो निति र कार्यक्रमको आधारमा निर्वाचनमा जानु पर्ने बताएका छन । महासचिव पोखरेलले भनेका छन:
नेकपा(एमाले) र नेपाली कांग्रेसको सहयोगमा सत्ता समिकरणको कथित म्याजिक नम्वर पाउन सफल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ती दलहरुको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दावी गरेछन् ।
वास्तवमा सरकारको नेतृत्वमा रहदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो । यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ ।
साच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रवाट मुलुकलाई वाहिर निकाल्ने हो राजनीतिक ध्रुविकरणको वाटोमा जानु आवश्यक छ ।त्यसका लागि अव आउने चुनावमा सबै राजनीतिक दलले आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्वरको नाममा साना दलले ठुला दलहरुमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
