काठमाडौं अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि फाइनलमा स्थान पक्का गरेका हो। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।
अघिल्लो खेलमा किर्गिस्तानलाई समान १-० गोल अन्तरले पराजित गरेको नेपालले लिग चरणको अन्तिम खेल खेल्नुअघि फाइनलमा स्थान बनायो। नेपालसँगै म्यानमार पनि फाइनलमा पुग्यो।
समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
