Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद्‌मा प्रधानमन्त्रीको ओठेजवाफ !


  • आइतबार, फाल्गुन ४ २०८१

  • संसद्‌मा प्रधानमन्त्रीको ओठेजवाफ !

    काठमाडौं – सामन्यतया प्रधानमन्त्री केपी शर्मा ओली प्रश्न र आलोचनालाई रुचाउँदैनन् । ओलीको यो स्वभाव आइतवारको संसद बैठकमा पनि प्रष्टै देखियो । आइतवार संसद्मा साँसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले उत्तर दिने कार्यसुचि थियो । सांसद प्रभु शाहले बैदेसिक रोजगार संग सम्बन्धी प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफ दिन आवश्यक छैन भन्दै प्रधानमन्त्री झोक्किए । सभामुख देवराज घिमिरेले सवाल जवाफ नहुने भन्दै शाहलाई थप बोल्न समेत दिएनन् ।

    माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्रको अवस्थाका बारेमा गरेको प्रश्नबाट पनि प्रधानमन्त्री खुसी भएनन् । उनले आफु अर्थमन्त्री भएका बेलाको अवस्था सम्झिन भने । प्रधानमन्त्री त्यत्तिमा मात्रै रोकिएनन् । उनले भने – असारमा धान नरोपे पछि नै हो मंसिरमा नफल्ने । उनको भनाई अघिल्ला सरकारकै गल्तीका कारण अहिले अर्थतन्त्रमा समस्या आएको भन्ने थियो ।

    प्रतिनिधि सभाको आइतवारको बैठक

    एकिकृत समाजवादिका सांसद प्रकाश ज्वालको प्रश्नमा पनि प्रधानमन्त्री ओली ओठे जवाफ फर्काए । भौतिक निर्माण संग सम्बन्धी ज्वालाको प्रश्नमा प्रधानमन्त्री आफै मन्त्री भएका बेला केहि नगर्ने अहिले प्रश्न गर्ने भन्दै असन्तुष्टि जनाए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij