काठमाडौं – कोशि प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा माथी आक्रमण भएको छ । नेपाली काँग्रेस कोशी प्रदेश समितिका सभापतिसमेत रहेका थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ आक्रमण भएको हो ।
थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन । आक्रमण गर्नेले ‘नेता जति सबै चोर हुन’ भन्दै थापाको आँखामा मुक्का प्रहार गरेका थिए । आक्रमण गर्ने विद्युत प्राधिकरणका चालक हुन ।प्रहरीले विद्युत प्राधिकरणका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
