कांग्रेस पार्टीका बरिष्ठ नेता डा शेखर कोइराला बेलायतको संसद भवन भित्र १३ जनवरी २०२५ का दिन एक विशेष कार्यक्रममा संसद भवन Westminister भित्र संवोधन गर्नु भयो।विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग,व्यापार,बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणा कांग्रेस पार्टीका वरिष्ठ नेता डा शेखर कोइराला बेलायत आउनु भएको थियो ।
बेलायतको संसद भवन भित्र बेलायती विदेश मन्त्री र उद्योग व्यापार बाणिज्य मन्त्री लगायत सांसदको उपस्थितिमा संवोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एशियाबाट दोश्रो भाग्यमानी नेता डा शेखर कोइराला बन्नु भएको छ।यस अघि दक्षिण Asia बाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मात्र यो सौभाग्य प्राप्त गर्नु भएको थियो।
बेलायत सरकारको नजरमा परेका विश्वका विभिन्न शक्तिशाली देशका शक्तिशाली सरकार प्रमुख,प्रजातान्त्रिक आन्दोलन,मानब अधिकार,शान्ती स्थापना,वाक स्वतन्त्रता, शुशाषन,भ्रष्टाचार नियन्त्रण वारे पहेरदारी भूमिका खेलेका South Asia का नेताहरु मध्ये बेलायती सरकारको नजरमा विशेष भुमीका खेलेका नेताहरु वा शक्तिशाली देशका सरकार प्रमुखहरुलाई मात्र बेलायत सरकारले बेलायतको फूल संसद वा मिनी संसद हल भित्र बेलायती मन्त्रीले नै निमात्रणा गरि मन्त्रीकै उपस्थितमा संवोधन गर्न दिने प्रचलन छ।

बेलायतको संसद भवन अवलोकन गर्न सबैलाई निशुल्क प्रवेश भए पनि विश्वका उत्कृष्ठ र बरिष्ठ नेताहरुले संवोधन गर्न पाउने अवसरको व्यवस्था मिलाउन बेलायतका मन्त्रीले वा माननिय सांसदले मात्र कार्यक्रम राख्न पाउने व्यवस्था छ।बेलायतको संसद भवनभित्र बेलायती सांसदले कार्यक्रम राखे पनि बेलायतको मन्त्रीहरुले विदेशी नेताहरुको लागी धेरै कम वा विरलै कार्यक्रम राख्दछन्।
नेपालको ६ पटक प्रधानमन्त्री भईसकेका गिरिजा प्रसाद कोइराला,शेबहादुर देउवा,माधब नेपाल,सुशिल कोइराला,केपी शर्मा वली,पुष्प कमल दाहाल(प्रचण्ड),बाबुराम भट्टराई, झलनाथ खनालले विगतमा बेलायत भ्रमण गर्दा समेत यो अवसर प्राप्त गरेका थिएनन्।
संसद भवन भित्र रहेको तिन वटा संवोधन Hall मध्ये डा शेखर कोइरालाले संवोधन गर्न प्रबन्ध गरिएको मिनी संसद हल यस आगाबै अमेरिकी राष्ट्रपती र ठूला देशका प्रधानमन्त्री वा बेलायती सरकारको नजरमा विश्व राजनितीमा उच्च मुल्यांकनमा परेका विशेष नेताले मात्र विगतमा संवोधन गर्न पाएका थिए।यो हल साना देशका प्रधानमन्त्री समेतलाई उपलब्ध गराईँदैन।साना देशका मन्त्रीहरुको त गणनै हुँदैन।
नेपाल वा नेपाली नेताले २०९ बर्ष देखि यो अवशर पाएको थिएन।२०९ बर्षको बेलायत नेपाल संबन्धको इतिहाँसमा नेपालबाट बेलायत संसद भवन भित्र बेलायती विदेश मन्त्री र उद्योग,वाणिज्य,व्यापार मन्त्रीको उपस्थितीमा संबोधन गर्न पाउने पहिलो नेपाली नेता डा शेखर कोइराला बन्नु भएको छ।
यो नेपालको लागी ठूलो गौरबको विषय हो।बेलायत सरकारले मन्त्रीहरु नै उपस्थित भएर अहिले सम्म यसरि संसद भवन भित्र संवोधन गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बाहेक दक्षिण यशिया बाट कसैलाई निमन्त्रणा गरि संसद भवन उपलब्ध गराएको थिएन ।
राजनिती गर्ने नेताहरुको लागी बेलायतको संसद भित्र Westminister हल र अमेरिकी राष्ट्रपती कार्यालयको White House भित्रको हलमा मन्त्रीहरुको साथमा संवोधन गर्न पाउनु संसारका सबै नेताहरुको जिवनको राजनैतिक सपना मानिन्छ।
संसद भवन भित्र सांसदले बुक गरि छिटफूट सामान्य महत्वको कार्यक्रम राख्ने गरेको भए पनि बेलायत नेपाल संबन्धको २०९ वर्षको इतिहाँसमा यस अगाडी बेलायतको मन्त्रीले नेपालको प्रधानमन्त्री,भूतपूर्व प्रधानमन्त्री,मन्त्री,नेता,सांसदको लागी कार्यक्रम राखेको थिएन।विगतमा नेपालको प्रधानमन्त्रीले पटक पटक बेलायत भ्रमण गरेको बेला नेपाली दुतावासले ठूलै प्रयाश गर्दा समेत बेलायती मन्त्रीले नेपालको लागी संसद भवन भित्र संवोधन गर्न कुनै पनि कार्यक्रम आयोजना गरेका थिएनन्l
यस अगाडी नेपालका प्रधानमन्त्री,मन्त्री आउँदा सरकारी भेटघाट,सेमिनारमा उपस्थिती भई तत् पश्चात नेपाली दुतावास,नेपाली समाज,NRN,नेपाली राजनैतिक पार्टी कार्यकर्ताको मात्र खादा,माला खाएर संवोधन गर्दै फर्कने चलन थियो तर बेलायत सरकारले नेपालको प्रजातन्त्र प्राप्तीको आन्दोलनको लामो त्याग र इतिहाँस हेरी डा शेखर कोइरालालाई नेपालबाट यो पहिलो ऐतिहाँसिक अवसर दिएको छ।
कोइराला परिवारको नेपाल लगायत दक्षिण एशियाको प्रजातन्त्र,मानब अधिकार र शान्ती स्थापनामा लामो समर्थन,समर्पण,त्याग,तपस्या लाई सम्मान गर्दै र डा शेखर कोइरालाको सादगी र बौद्धिक राजनैतिक व्यक्तित्व, लोकतन्त्र र मानब अधिकार रक्षा,शान्ती स्थापना,भ्रष्टाचार नियन्त्रण र शुशाषनको पक्षको अथक वकालत गरिरहेको कार्यको उच्च मुल्यांकन गर्दै दक्षिण एशियाकै नेताहरु मध्ये डा शेखर कोइरालाको बढिरहेको Charasmatic Clean Towering Personality को कदर बापत बेलायत सरकारले संवोधन गर्न यो मिनी संसद हल उपलब्ध गराएको हो।यो VIP हलमा संवोधन गर्न बेलायतको बिदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयले स्विकृत दिनु पर्दछ।
बेलायतको संसद भवन Westminister भित्रको अन्य हलमा कार्यक्रम राख्न बेलायतका सांसद र मन्त्रीलाई सजिलो भए पनि बेलायती वाणीज्य तथा व्यापार मन्त्रीको लामो प्रयास बाट डा शेखर कोइरालालाई बेलायती मन्त्री, सांसदहरुको उपस्थितिमा संवोधन गर्न VIP हल प्राप्त भएको हो।
डा शेखर कोइरालाले बेलायतको संसदमा नेपालको हिउँ पग्लेको विषय,Climate Change Effect न्युनिकरण,नेपाललाई दिईरहेको अनुदान सहयोग लाई धन्यवाद दिंदै अनुदान सहयोग बढाईदिन आहवान,गोर्खा पेन्सन असमानता वा विभेद अन्त्य गरि गोर्खालाई ब्रिटिश सरह पेन्सन दिनु पर्ने,ब्रिटिश Airways मार्फत बेलायत नेपाल सिधा हवाई संपर्क गराउन ब्रिटीश सरकारलाई अनुरोध,विश्व पर्यावरण असर न्युनिकरण,बेलायतका कंपनी लाई नेपालमा उद्योग व्यवशाय लगानी गर्न आहवान, बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरिदिन आहवान साथै भारतको Banglore विश्व विद्यालयका IT Expert लाई बेलायतका कंपनिले काम दिए जस्तै नेपालका IT Expert लाई पनि काममा लिईदिन आहवान गर्नु भयो।
प्रो डा शेखर कोइरालाको यो संवोधन बेलायतको संसद भवन भित्र नेपालको तर्फ बाट ऐतिहाँसिक रेकर्ड भएको छ।
डा शेखर कोइरालाले बेलायत सरकारलाई अहिले सम्म दिईरहेको अनुदान सहयोगलाई धन्यवाद दिंदै नेपालको मानब अधिकार, प्रजातन्त्र संरक्षण,कानुनी राज्य स्थापनामा गरिरहेको सहयोग र खबरदारी लाई धन्यवाद दिनु भयो ।
यस अगाबै डा शेखर कोइरालालाई बेलायत स्थित नेपाली नागरिक समाजले विशेष अभिनन्दन गरेको छ। प्रो डा शेखर कोइराला नेपाली जनसंपर्क समितीको कार्यक्रममा सहभागी हुनु भयो।डा कोइरालाले Oxford University,Cambridge University साथै Norwich University प्राज्ञिकहरुले सामुहिक रूपमा राखेको कार्यक्रमको संवोधन गर्नु भयो ।डा शेखर कोइराला नेपाली दुतावास बेलायतले राखेको स्वागत सम्मान अन्तक्रिया कार्यक्रममा सहभागी हुनु भयो।प्रो डा शेखर कोइराला Professionals of Nepali Society UK ले आयोजना गरेको स्वागत सम्मान अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भयो/
डा कोइराला ले बेलायतको All Party Parliamentary Group का अध्यक्ष बेलायती माननीय सांसद Alex Baker संग भेट बार्ता गर्नु भयो।
बेलायतको संसद भवन भित्र संवोधन लगत्तै डा शेखर कोइरालाको सम्मानमा बेलायती उद्योग वाणीज्य र व्यापार मन्त्रीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनु भयो।

डा शेखर कोइरालाको सम्मानमा संपूर्ण बौद्धिकहरुको तर्फ बाट आर के त्रिपाठीले गरेको रात्री भोजमा सहभागी हुनुभयो ।
यस संबन्धका बुझ्दा आर के त्रिपाठी यसो भन्नु हुन्छ-
नेपाल बेलायत संबन्ध सरकार र सरकार विच प्रगाढ थियो।पछिल्लो ४० बर्ष देखि यो संबन्धमा People to People Approach थपिएको थियो।अब यो संबन्ध विस्तारै People to Government संबन्धमा परिणत हुँदै गएको छ।बेलायतको उद्योग वाणीज्य मन्त्रीले मलाई विश्वास गर्नु नै मैले यो जिवनमा कमाएको ठूलो उपलब्धी लागेको छ। बेलायत बसेको २२ बर्ष भयो।बेलायतको संसद भवन प्रवेश गर्न शुल्क Free भएकोले अवलोकन गर्न पटक पटक गएको थिएँ।छिटफूट सांसदले राखेको कार्यक्रममा गएको थिएँ तर बेलायती मन्त्रीहरुले नै चासो दिएर नेपाल विकाश वारे बेलायती संसद Westminister Hall भित्र VIP हल Booking गरि बेलायती मन्त्रीकै उपस्थितिमा कार्यक्रम भएको पत्तो छैन।यस्ता कार्यले नेपालको शान,मान,इज्जत बढेको छ।गौरवान्बित भएको छु।
यो मौका हो।यस्ता कार्य बढाउँदै लानु पर्दछ।नेपाल र बेलायतमा बस्ने नेपालीको हितमा प्रयोग गर्नु पर्दछ।यस्ता खाले कार्यक्रमले दिने कुटनैतिक मेसेज ठूलो,महत्वपूर्ण र दिर्घकालीन प्रभाव पार्ने देखिन्छ।हरेक नेपालीले जहाँ बसे पनि नेपालको शान,मान,इज्जत,गौरब उठाउँदै नेपालको विकाश र संवृद्धिमा सहयोग गर्नु पर्ने बेला आएको छ।दक्षिण एशियाबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पछि डा शेखर कोइरालालाई बेलायतको संसदमा बेलायती मन्त्रीहरुले यो स्वागत गर्नु हामी सबैको गौरबको कुरा हो।डा शेखर कोइरालाको निमन्त्रणा लाई हामीले पार्टीगत मात्रै हेर्न हुँदैन।वहाँ सारा नेपाल र नेपालीको तर्फबाट बेलायतको मिनी संसद्मा संवोधन गर्नु भएको छ /

नेपालको प्रजातन्त्र,लोकतन्त्र मानब अधिकार र कानुनी राज्य स्थापनामा पहेरदारी गर्दै नेपालको विकाश र संवृद्धि गर्न डा शेखर कोइरालाको नेतृत्वको आवश्यकता बढेको महशुष गरेको छु।
हेरौं,यस्ता कार्यक्रमको शुरुवातले बेलायत नेपाल संबन्ध अझै दह्रो विश्वासिलो र भरपर्दो बनाउन सहयोग गर्नेछ।बेलायतको संसद भवन Westminister भित्र बेलायती उप-विदेश मन्त्री र उद्योग बाणीज्य तथा व्यापार मन्त्रीको उपस्थितिमा प्रो डा शेखर कोइरालाको ऐतिहाँसिक संवोधन हुनु र २०९ बर्षे बेलायत नेपालको कुटनैतिक संबन्ध स्थापना भए पश्चात बेलायत सरकारले यसरि निमन्त्रणा दिएर मन्त्रीको उपस्थितीमा नेपालको कुनै पनि नेतालाई संसद भवन संबोधन गर्न दिनुले डा कोइराला र नेपालको इज्जत लागी बढेको छ।
प्रो डा शेखर कोइरालाको प्राज्ञीक बौद्धिक लोकतन्त्र प्राप्तीको आन्दोलनको इतिहाँस, मानब अधिकार,शुशाषन कायम राख्न पहेरदारी,भ्रष्टाचार विरुद्ध खबरदारी,नेपालको शान्ती प्रक्रियामा मध्यस्थताको भुमीका,युवा जागरण,शशक्तिकरणको आवाज र South Asia भित्रको नेताहरु मध्य प्रो डा शेखर कोइरालाको बढ्दो Clean Towering Personality र Charisma हेरेर बेलायत सरकारले निमन्त्रणा दिई बेलायतको संसद भवन भित्र संबोधन गर्न व्यवस्था मिलाएको जस्तो लाग्छ।
बेलायत सरकारका तर्फबाट निमन्त्रणा दिने विदेश मन्त्री र उद्योग ब्यापार बाणीज्य मन्त्री ज्यू हरु लाई विशेष धन्यवाद।समग्रमा यो इतिहाँस रच्न पाउने भाग्यमानी नेता प्रो डा शेखर कोइराला ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
