Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


  • आइतबार, पुष १४ २०८१

  • नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौ – काठमाडौंको नार्गजुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुद्दा दायर गरेको छ । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित बस्नेत विरुद्ध भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पाति सुद्धिकरण को मुद्दा समेत दायर गरिएको छ ।

     अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा भनेको छ –

    ‘जिल्ला काठमाडौं, नागार्जुन नगरपालिकाका नगर प्रमुख प्रतिवादी मोहन बहादुर बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.९,२२,४६,०३२।३३(अक्षरेपी नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया र तेत्तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिबाना सजाय हुन, प्रतिवादी मोहन बहादुर बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन, साथै नगर प्रमुख मोहन बहादुर बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतले घुस/रिसवत वापत प्राप्त गरेको सम्पत्ति/जग्गालाई बिक्री बितरण गरी कर्जा भुक्तानीसमेत गरेको, विभिन्न व्यक्तिहरुलाई भुक्तानी गरेको, घर निर्माणमा खर्च गर्ने/मसौट गर्ने समेत गरेको अनुसन्धानबाट संकलित सवूद प्रमाणबाट पुष्टी भएको देखिएकोले सोही ऐनको दफा ३ को उपदफा (१) तथा दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम माथि तालिका नं.१२ मा उल्लेखित जग्गा/सम्पत्तिबाट रिसवतको बिगो जफत/असुल उपर हुन मागदावी लिईएको।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij