काठमाडौं – टोखा नगरपालिकामा रहेको प्रादेशिक अस्पताल टोखा चण्डेश्वरी अस्पतालको अध्यक्षमा वाग्मती प्रदेश सरकारीकी सामाजिक विकाश मन्त्री हरिप्रभा खङ्गीले आफ्नै श्रीमानलाई नियुक्त गरेकी छिन । मन्त्री खङ्गीले श्रीमान प्रकाश खड्गीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरे पछि असन्तुष्टी बढेको छ ।
नेपाली कांग्रेसबाट मन्त्री बनेकी खङ्गीले आफ्नै श्रीमानलाई अस्पतालको अध्यक्ष बनाउँदा समेत निरिह बनेको भन्दै मुख्यमन्त्री बहादुर शिंहलामाको समेत आलोचना भएको छ । स्वास्थ्य सम्बन्धी ज्ञान नभएका मन्त्रीका श्रीमानलाई अध्यक्ष नियुक्त गरे पनि निर्णय भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
