काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनलाई तीनवटा अभियोग लगाईएको छ । सहकारी ठगि सहित संगठित अपराध र सम्पत्ति शुद्धिकरण को मुद्दा दर्ता भएको हो । कुल ४२७ पेजको अभियोजनपत्र छ।
कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनु पर्ने सिफारिससहित गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
