काठमाडौं – आगामी १५ गतेबाट काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टूफी सार्वजनिक गरेका हुन । धरहरामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आठै टिमका कप्तानको नामै लिएर खेलाडीको प्रशंसा गरेका थिए । ट्रफी सार्वजनिक कार्यक्रम पछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीले एनपिएल आउँदै गर्दा तपाईहरु कत्तिको उत्साहित हुनुहुन्छ भनेर प्रश्न गरेका छन । ओलीले भनेका छन –
ऐतिहासिक धरहराको काखमा हाम्रा प्यारा खेलाडीसँगै NPL ट्रफीको लन्च गरेको छु।
तपाईंहरु कत्तिको उत्साहित हुनुहुन्छ त ?
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
